महिनौँ लाग्नसक्ने अनलाइन शिक्षाको फड्को केही हप्तामै साकार भएको छ र अहिले निरन्तर जारी छ। यो जारी प्रयासमा शिक्षकहरुले आफ्ना सामग्री अनलाइनमा राखिरहेका छन् भने विद्यार्थीहरुले पनि स्क्रिन र रेकर्डेड लेक्चरबाट सिक्न आफूलाई अभ्यस्त बनाइरहेका छन्। एउटा सफल अनलाइन अनुभव व्यवस्थापकहरुको सहभागिता र उनीहरुसँगको सम्पर्कबिना असम्भव हुन्छ।
संसारभरिका प्रशासकहरुले अनलाइन सिकाइ अनुभव प्रभावकारी र शक्तिशाली बनाउनका लागि अथक रुपमा काम गरिरहेका छन् तर विद्यार्थीहरु र शिक्षकहरुको योगदानबिना उनीहरु यसमा असफल हुन्थे।
विद्यार्थीको परिप्रेक्ष्यबाट
अनलाइन अभिमुखीकरण कार्यक्रम
अनलाइन शिक्षाको सुरुवातमा विदेशी अनलाइन मञ्चहरुबारे जानकारी हासिल गर्नुपर्छ जसमा सबै विद्यार्थीहरु परिचित हुँदैनन्। व्यवस्थापकहरुले विद्यार्थीहरुलाई अनलाइन सिकाइ मञ्च (प्लेटफर्म) बारे आधारभूत जानकारी दिलाउन एउटा भर्चुअल अभिमुखीकरण कार्यक्रम आयोजना गर्नु राम्रो हुन्छ। यसमा कसरी लगिन गर्ने, विशेषताहरु प्रयोग गर्ने, पाठ्य सामग्री अपलोड र डाउनलोड गर्ने, ग्रेड हेर्ने र उनीहरुले आफ्ना शिक्षकहरु र सहपाठीहरुसँग सम्पर्क गर्नेजस्ता विषयहरु समेटिनुपर्छ। यसबाट विद्यार्थीहरुले पालना गर्नुपर्ने नीति र विधिहरु समेत पहिचान हुन्छ।
अनलाइन मञ्च मूल्यवान बनाउने
हामीले कसरी अनलाइन मञ्च प्रयोग गर्न जानेपछि यो मञ्च साँच्चिकै मूल्यवान बनाउनु महत्त्वपूर्ण हुन्छ। अनलाइनबाट सिक्नु कतिपय विद्यार्थीका लागि कक्षाकोठामा सिक्नुभन्दा कम गम्भीर लाग्नसक्छ। यस विषयलाई सम्बोधन गर्न व्यवस्थापकहरुले शिक्षकहरुलाई मौलिक सामग्री (युट्युब वा अन्य ई-सिकाइका साइटहरु होइन) तयार पार्न तालिम दिनुपर्छ। यसले विद्यार्थीको सहभागिता बृद्धि गर्छ जुन विद्यार्थीहरुको सहभागिता र उनीहरुलाई रोकिराख्नका लगि विशेष रुपले महत्त्वपूर्ण हुन्छ।
विद्यार्थी सहयोग सेवा लागू गर्ने
‘सहयोग सेवाहरु’ले पनि अनलाइन विद्यार्थीहरुलाई रोकिराख्न सक्छ, खासगरी यो चुनौतीपूर्ण समयमा। यस्तो बेलामा विद्यार्थीहरुको विभिन्न आवश्यकताहरु हुनसक्छ भन्नेबारे व्यवस्थापकहरु सचेत हुनुपर्छ र चाहिएजसरी इन्टरनेटजस्ता साधनहरुको अभाव भएकाहरुलाई सहयोग गर्न नीतिहरु परिमार्जित गरिरहनुपर्छ। व्यक्तिगत प्रशिक्षण, पुस्तकालयका डेटाबेसमा सहज पहुँच, व्यवसाय केन्द्रित सेवाहरु, सल्लाहकारहरु र परामर्शदाताहरु, बौद्धिक चोरीसम्बन्धी नीतिहरु, इबुकहरु र अन्य अध्ययनसँग जोडिएका सामग्रीहरुले मदद्त गर्नसक्छ।
शैक्षिक संकायको परिप्रेक्ष्यबाट
कार्यभारलाई परिभाषित गर्नु
शिक्षकहरुको अव्यवस्थित कार्यभारबारे व्यवस्थापकहरुको सचेतना महत्त्वपूर्ण हुन्छ। शिक्षकहरुबीचको भेदभाव नरहोस् भन्नका लागि योजना बनाउन सक्रिय भूमिका खेल्नु, व्यवस्थित गर्नु र उचित कार्यभारलाई परिभाषित गर्नु महत्त्वपूर्ण हुन्छ। यसका लागि व्यवस्थापकहरुले पाठ्यक्रमका लागि एउटा दीर्घकालीन टेम्प्लेट तयार गर्नुपर्छ। कार्यभारलाई सहज बनाउन समयावधि र प्रबर्द्धनका मौकाहरुलाई समावेश गर्दा संकायलाई प्रेरित राखिराख्न मद्दत पुग्छ।
प्रतिक्रियाका लागि प्रेरित गर्नु
अहिलेको अनिश्चित समयमा व्यवस्थापकहरुले प्रतिक्रिया दिनका लागि सबैलाई खुला गर्नु महत्त्वपूर्ण हुन्छ किनभने हरेकको अनुभव फरक र अद्दितीय हुन्छ। अनलाइन कार्यक्रमहरुको तयारीअघि र पछि संकायको सुझाव र प्रतिक्रियाहरु संकलन गर्न एउटा स्तरीय प्रक्रिया निर्माण गर्नु उपयोगी हुन्छ। व्यवस्थापकहरुले यस्तो वातावरणको रचना गर्नुपर्छ जहाँ सबै शिक्षकहरुले उपयोगी सुझाव दिन सकून्।
तालिमका मौका र सहयोगी समूह व्यवस्थित गर्नु
कक्षाकोठाका पाठ्यसामग्रीहरुलाई अनलाइनमा राख्नका लागि उपयुक्त बनाउन अनलाइन मञ्चहरुबारे ज्ञान हुनुपर्छ जुन सबै शिक्षकहरुसँग नहुन सक्छ। यो आवश्यकतालाई सम्बोधन गर्न व्यवस्थापकहरुले आवश्यक तालिम लिनुका साथै संकायका सदस्यहरुलाई उचित सामग्रीका लागि प्रेरित गर्नुपर्छ। व्यवस्थापकहरुले एउटा समर्पित सहयोगी समूहको व्यवस्थापन (वा नियुक्त) गर्नुपर्छ जसले सम्पूर्ण सिकाइ प्रणालीभरि सहज सम्पर्कलाई सहजीकरण गर्न तथा विद्यार्थी तथा शिक्षकहरुको सहयोगीका रुपमा काम गर्नेछन्। सामग्रीहरुको डिजिटलीकरण अनलाइनमा अघि बढ्नका लागि एउटा ठूलो काम हो र हामी सामग्रीहरुलाई चाँडै एकत्रित बनाउँछौँ।
कक्षाकोठाबाट सिकाइको एकदमै फरक तरिकामा जाने संक्रमणकाललाई व्यवस्थित गर्नु ठूलो उपलब्धि हो। यसलाई सफल बनाउन व्यवस्थापक, विद्यार्थी र संकायबीच स्पष्ट र निरन्तर सञ्चार हुनु आवश्यक हुन्छ। हरेकले यसका लागि केही गर्नसक्छ र माथिका उपायहरु फलदायी अनलाइन सिकाइ वातावरणका लागि केही उपायमात्र हुन्।