डिजिटल सिकाइका लागि अभिभावक निर्देशिका

Lizzie Ottenstein
Shreejana Mainali
Women using their laptop to learn more about digital learning.

धेरैजसो विद्यालयहरु अहिले शैक्षिक प्रविधिमा भर परिरहेकाले अभिभावकले अनलाइन शिक्षाका आयामहरुबारे राम्रो जानकारी राख्न इडटेक (शैक्षिक प्रविधि) का चलन र उपकरण (एप्स वा सफ्टवेयर) बारे जानकारी राख्नुपर्छ। 

प्रविधिमैत्री अभिभावकलाई यसबारे पहिल्यै थाहा हुनसक्छ तर सबैलाई थाहा नहोला। पूर्वअनुभवबिना छिनछिनमा फेरिइरहने अनलाइन शिक्षाको जानकार रहिरहन महाभारत नै हुनसक्छ। आफ्ना बाबुनानीहरुलाई अनलाइन शिक्षामा बाटो देखाउन अभिभावकलाई मद्दत गर्न, हामीले उहाँहरुले थाहा पाउनुपर्ने यी पाँचवटा कुरालाई एकत्रित गरेका छौँ।

ती के हुन् भनेर थाहा पाउनुहोस्:

१. तपाईका नानीबाबुले के उपकरण वा सफ्टवेयर प्रयोग गर्दैछन् भन्ने थाहा पाउनुहोस्

यसको एउटा राम्रो तरिका भनेकै नानीबाबुको विद्यालयको सिकाइ व्यवस्थापन पद्धति कुन प्रविधिमा आधारित छ र त्यो प्रविधि कसरी प्रयोग भइरहेको छ भनेर शिक्षकहरुसँग जानकारी लिनु हो। कसरी शिक्षक वा  विद्यार्थीहरुले शैक्षिक उपकरण वा सफ्टवेयर प्राप्त गरिरहेका छन् र प्रयोग गरिरहेका छन् भनेर व्याख्या गर्ने  निर्देशनहरु, कुनै म्यानुअल वा जानकारी दिने भिडियो माग्नुहोस्। यी उपकरण वा सफ्टवेयर प्रयोग गर्दा तपाईँको नानीबाबुको सिकाइ प्रक्रियामा लाभ पुगेको छ वा छैन भनेर पनि तपाईँले जान्ने प्रयास गर्नुपर्छ।

२ शैक्षिक प्रविधिका चलनहरुबारे जानकार हुनुहोस्

२५ लाखभन्दा बढी एप्समध्ये सबैभन्दा भरपर्दो र सहज सिकाइ एप पत्ता लगाउनु अर्को महाभारत हो। आफ्ना छनौट सहज बनाउन शैक्षिक प्रविधिका चलनहरुबारे जानकार हुनुहोस्। टेकस्पोर्ट फोरम TechSpot Forum  र हाउ टु गीक फोरम्स How-To Geek Forums जस्ता फोरमहरुमा भाग लिनुहोस्। साथै बजारमा आएको पछिल्लो सफ्टवेयर वा उपकरणबारे अपडेट प्राप्त गर्न टेकक्रन्च TechCrunch, टेकरिडर TechRadar वा एक्स्ट्रिमटेक Extremetech जस्ता वेबसाइटलाई सब्स्क्राइब गर्नुहोस्।

. नानीबाबुहरुको विद्यालयको डाटा गोपनीयता र अनलाइन सुरक्षा नीतिहरु थाहा पाउनुहोस्

आफ्ना नानीबाबुको विद्यालयले अनलाइन शिक्षाका क्रममा गोपनीयता र सुरक्षालाई कसरी निश्चिन्त गरिरहेका छन् भनेर अभिभावकले जान्ने प्रयास गर्नुपर्छ। विद्यालयहरुले डिजिटल परिचयपत्रलाई समावेश गरेका छन् र नानीबाबुले प्रविधिको जिम्मेवार प्रयोग गरेका छन् भन्ने पत्ता लगाउनुहोस्।

प्रयोग भइरहेका एप र सफ्टवेयर (उपकरण) मा स्पष्ट सुरक्षा नीतिहरु हुनुपर्छ  जसले विद्यार्थीलाई साइबर आक्रमण दुर्व्यवहार र हिंसात्मक ग्राफिक र बदमासीबाट बचाओस्। यी प्रविधिहरुले विद्यार्थीहरुका डाटा सेफगार्डसहित र सार्वजनिक नहुने गरी राख्छन् भन्ने थाहा पाउनुहोस्।

. डिजिटल प्यारेन्टिङको अभ्यास गर्नुहोस्

अहिलेको प्राविधिक युगमा प्यारेन्टिङ कठीन हुनसक्छ तर केही विधिहरुद्वारा यसलाई सजिलो बनाउन सकिन्छ। आफ्ना नानीबाबुसँग अनलाइन सुरक्षा साइबर आक्रमण र प्रयोग समयका बारे कुराकानी गर्नुहोस्। डिजिटल नियमबारे सिक्नुहोस् र आफ्ना नानीबाबुहरुको इन्टरनेट उत्तरदायी बनाउन सामग्रीहरु बटुल्नुहोस्।

राम्रो डिटिजल प्यारेन्टिङ अभ्यासमा मद्दत पुर्‍याउन केही सामग्रीहरु यी हुन्:

-‘फेमिली अनलाइन सेफ्टी इन्स्टिच्यूट (Family Online Safety Institute (FOSI))’ ले अनलाइन सुरक्षाका निशुल्क कक्षाहरु, निर्देशिका र म्यानुअलहरु प्रदान गर्छ जसले विद्यार्थीहरुलाई कसरी सुरक्षितपूर्वक वेब चलाउने र प्रयोग समय कसरी व्यवस्थित गर्ने भनेर सिक्न मद्दत गर्छ।

-‘फेमिली लिंक (Family Link) ले बुबाआमाहरुलाई प्रयोग समय व्यवस्थित गर्न र वेबफिल्टरहरु तथा कुनै निश्चित वेबसाइटहरु र एप्सको ब्ल्याकलिस्टिङ/ह्वाइटलिस्ङ लागू गर्न मद्दत गर्छ।

-‘बी इन्टरनेट असम फेमिली गाइड (Be Internet Awesome Family Guide)ले बालबालिका र बुबाआमाहरुलाई अनलाइनमा कसरी  सुरक्षित र चुस्त रहने भनेर निशुल्क सिकाउँछ।  

-‘कनेक्ट सेफ्टी प्यारेन्ट गाइड्स (Connect Safely Parent Guides)ले अभिभावकलाई साइबर बदमासी, अनलाइन गोपनीयता र सुरक्षाबारे सिकाउँछ।

. लुपमा बस्नुहोस्

धेरै शैक्षिक प्रविधिका उपकरणहरु छन् जसले अभिभावकलाई आफ्ना बालबालिकाका शिक्षकसँग लुपमा बसिरहन मद्दत गर्छन्। अन्यथा अभिभावकले इमेल र न्युजलेटरहरुको भर पर्नुपर्छ। यी एप्सहरुद्वारा अभिभावकले विद्यालयहरुबाट तत्काल अपडेट प्राप्त गर्न सक्नेछन्। यी एप्सहरुले अभिभावकहरुलाई शिक्षकहरुसँग सोझै संवाद गर्न र प्रत्यक्ष सहभागी हुन मद्दत गर्छन्।

सम्बन्ध बढाउन शैक्षिक प्रविधिका केही निशुल्क एप्सहरु क्लास्टिङ Classting, रिमाइन्ड Remind, क्लासडोजो ClassDojo, Bloomz, क्लासट्याग ClassTag, र रिमाइन्ड १०१ Remind101  लगायत छन्।

अनलाइन संसारमा साथसाथै अघि बढिरहेको यो समय सहज छैन। आफ्ना बालबालिकासँगै डिजिटल संसारमा विचरण गर्नुहोस्, अनुभवहरु बाँड्नुहोस् र एउटा राम्रो प्रेरणाको स्रोत बन्नुहोस्। प्राप्य शैक्षिक प्रविधिहरुको महत्त्व बुझ्न र आफ्ना बालबालिकाको लागि सुरक्षित र  सहायक सिकाइ वातावरण बनाउन लागिपर्नुहोस्।