विद्यार्थीहरुलाई अनलाइन प्लेटफर्ममा सक्रिय सहभागी गराउन व्यवस्थापकले प्रयोग गर्नसक्ने ५ रणनीतिहरु

Shreejana Mainali
Lizzie Ottenstein
A female student engaging and enjoying her online classes.

विद्यार्थीको सक्रिय सहभागिता र अन्तर्क्रियाले सकारात्मक शैक्षिक नतिजा ल्याउँछ। एउटा सफल अनलाइन सिकाइ कार्यक्रमका लागि अन्तर्क्रियाका मौका, अभिमुखीकरण, तालिम र सहयोग चाहिन्छ। हामीले यहाँ विद्यार्थीको अनलाइन सहभागितालाई प्रेरित गर्न व्यवस्थापकहरुले मौका दिन सक्ने केही उपाय एकत्रित गरेका छौँ।

. अनलाइन समुदायको निर्माण

अन्तर्क्रियात्मक सिकाइ समुदायको निर्माणले भौतिक बिछोड, प्रत्यक्ष अन्तर्क्रिया  र एकान्तबासका चुनौती कम गर्छ र विद्यार्थीबीचको सहकार्यलाई प्रेरित गर्छ। छलफल र परियोजनाजस्ता सामूहिक गतिविधिहरुलाई प्रबर्द्धन गरेर अनलाइन समुदायहरु बनाउन सकिन्छ। व्यवस्थापकले विद्यार्थीहरुलाई निरन्तर जाँचबुझ गरेर अपनत्वको भावना विकास गर्न शिक्षक र परामर्शदाताहरुलाई प्रशिक्षित गर्न सक्छन्। अनलाइन समुदायहरुले सहभागिताको दरलाई ५ गुणा बढाएको र विद्यार्थीहरुको सक्रिय दर बढेको अध्ययनहरुले देखाएका छन्।

. पाठ्यसामग्रीहरुलाई जीवनसँग जोड्नुहोस्

व्यवस्थापकहरुले सिकाइ केन्द्रित विधिहरुमा जोड दिनुपर्छ र पाठ्यसामग्रीहरुलाई वास्तविक जीवनसँग जोड्न प्रेरित गर्ने विधिहरु निर्माण गर्नुपर्छ। व्यवहारिक ज्ञानको अभावले विद्यार्थीहरुको सहभागिता कम गर्नसक्छ र उनीहरुले सिकेको बिर्सनमा यो कारक बन्नसक्छ। अनलाइन छलफल, वास्तविक संसारको अध्ययन, विशेषज्ञ र बाहिरका वक्ताहरुलाई आमन्त्रण गर्ने, पेपर प्रकाशन जस्ता प्रभावकारी रणनीतिहरु लागू गर्नुपर्छ।

. खेलकुदजन्य विधिहरु समावेश गर्नुहोस् 

सफल सिकाइ अनुभव निर्माण गर्न बहुमुखी, विद्यार्थीमैत्री र अन्तर्क्रियात्मक एलएमएस एउटा महत्त्वपूर्ण सामग्री हो। गृहकार्यहरुका लागि ब्याच र पुरस्कार, साथीबीच र सामूहिक प्रतिष्पर्धाका लागि सूचनापाटी, सिकाइ प्रगतिलाई जाँच्न नम्बरजस्ता खेलकुदजन्य गतिविधिहरु विद्यालयहरुले लागू गर्नुपर्छ। 

. मिश्रित सिकाइको प्रबर्द्धन 

प्रत्यक्ष र अप्रत्यक्ष सिकाइको मिश्रणले बहुमुखी सिकाइ विधि प्रदान गर्छ। विद्यालयहरुले सहभागितामूलक कक्षाकोठा (फ्लिप्ड क्लासरुम)’ विधि लागू गर्नुपर्छ र संकायलाई पनि अन्तर्क्रियात्मक पाठ्य सामग्री निर्माण गर्न प्रशिक्षित गर्नुपर्छ। विद्यार्थीको अनुभवमा आधारित सिकाइ लागू गर्नेबारे प्रशिक्षण कार्यक्रमहरुको आयोजना पनि ध्यान दिनुपर्ने विषय हो। स्वतन्त्र र मागदर्शनसहितका दुवै थरि सिकाइमा विद्यार्थीहरुलाई सहभागी हुन अनुमति दिँदा उनीहरुले मजबुत मानसिक सम्बन्ध निर्माण गर्नसक्छन्।

. प्रतिक्रिया र आत्ममूल्यांकनको अवसर

लिखित वा मौखिक प्रतिक्रियालाई एलएमएसमा समावेश गर्दा जवाफदेहिता र आत्ममूल्यांकनलाई प्रेरित गर्छ। सर्भेमंकी’, गुगलफर्म’, टाइपफर्मबाट पनि प्रतिक्रिया संकलन गर्न सकिन्छ। विद्यार्थीहरुलाई उनीहरुको सिकाइ प्रक्रियाका राम्रा र नराम्रा पक्षबारे घोत्लिन आग्रह गरेर सहभागी गराउनुहोस्। प्रतिक्रियामा आत्ममूल्यांकन पनि समावेश गर्नुपर्छ जसले विद्यार्थीहरुलाई सिकाइप्रति अपनत्वको मौका दिन्छ।

अहिलेका यी अभूतपूर्व चुनौतीहरुले सबै कुरा भन्दा विद्यार्थीहरु अनलाइन समुदायमा सहभागी छन् भन्ने कुरा निश्चित गर्नुलाई बढी आवश्यक बनाएको छ। यी रणनीतिहरुलाई लागू गर्दा यो अवस्था हाँसिल गर्न मद्दत पुग्छ भने सिकाइ अनुभवहरुमा समग्र रुपले सुधार पुग्दछ।